गणतन्त्र नेपाल पछिको नवौं जिल्ला परिषद सार्वजनिकरण समारोह २०७२ फागुन १३ गते स्थानिय विकास अधिकारी श्री श्रवण कुमार पोख्रेलज्यूको अध्यक्षतामा जिविसको हलमा सम्पन्न भएको थियो । माननिय सहायक मन्त्रि विराज वहादुर विष्टज्यूको प्रमुख आतिथ्यतामा भएको उक्त जिल्ला परिषद् मा ३०० भन्दा वढि को सहभागीता रहेको थियो । सहभागीहरुमा माननिय सभासद जिल्ला न्यायधिश प्रमुख जिल्ला अधिकारी दलका प्रमुख एवम प्रतिनिधिहरु विषयगत कार्यालयका प्रमुखहरु उमनपा नपा र गाविसका कर्मचारीहरु गैससका प्रमुख तथा प्रतिनिधिहरु संचार कर्मिहरु नागरिक समाज उधोगीहरु लक्षित वर्गहरु पुर्व सासद पुर्व जिविसका पदाधिकारीहरु पुर्व गाविसका पदाधिकारी संघसंस्थाका प्रमुख लगायत सर्वसाधारणहरुको सहभागीता रहेको थियो ।