संक्षिप्त परिचय

चितवन, नेपालको मध्यमाञ्चल विकास क्षेत्रको दक्षिणी भागमा अवस्थित राजधानीसंग जोड्ने निकटतम् राजमार्ग र पूर्व—पश्चिम राजमार्गको संगमस्थलको रूपमा रहेको तथा नारायणी नदीको पूर्वी भागमा भित्री मधेश र राप्ती उपत्यकाको नामले परिचित जिल्ला हो । तराईको भावर प्रदेशदेखि महाभारत पर्वतसम्म फैलिएको यस जिल्लाको पूर्वमा मकवानपुर र पर्सा, पश्चिममा नवलपरासी र तनहुं, उत्तरमा धादिङ र गोरखा र दक्षिणमा भारतको विहार राज्य पर्दछ । चितवन राष्ट्रिय निकुञ्ज, तालहरू, नदी, गढी जस्ता पर्यटकीयस्थल रहेको यस जिल्ला सामाजिक, आर्थिक, भौतिक एवं पर्यटकीय दृष्टिले एउटा जिल्ला हो । यस जिल्ला सामाजिक, आर्थिक, भौतिक एवं पर्यटकीय दृष्टिले सुन्दर, समुन्नत र आकर्षक जिल्लाको रूपमा स्थापित हुँदै आएको छ । देशको अन्य जिल्लाको तुलनामा सडक, यातायात, सञ्चार, विद्युत, जनस्वास्थ्य, शिक्षा जस्ता क्षेत्रहरुमा चितवन अगाडी नै भएको देखिन्छ । कृषि, पर्यटन तथा उद्योग यस जिल्लाका प्रमुख संभावनाका क्षेत्र हुन् ।
चितवन जिल्ला खुल्ला दिसामुक्त र साक्षर जिल्ला घोषणा भैसकेको छ । यस जिल्लाको अधिकांश भू—भाग मैदानी भए तापनि केही अति विकट र पहाडी क्षेत्र पनि पर्दछन् । अन्य जिल्लाबाट बसाईसराई गरी आएका अधिकांश जनताहरू भएतापनि विकासको क्रममा पिछडिन पुगेका आदिवासी चेपाड्ड, थारु, माझी, दराई, कुमाल जातिहरू पनि प्रशस्तै रहेका छन् ।
भौगोलिक स्वरूपः
अवस्थितिः अक्षांश ः ८३० ५५’ – ८४० ४८’ उत्तर
देशान्तर ः २७० २१’ – २७० ४६’ पूर्व
सिमानाः पूर्व ः मकवानपुर र पर्सा जिल्ला
पश्चिम ः नवलपरासी र तनहुं जिल्ला
उत्तर ः गोरखा र धादिङ जिल्ला
दक्षिण ः भारतको विहार र उत्तर प्रदेश
जिल्लाको क्षेत्रफल ः २२३८.३९ वर्ग किलोमीटर
विकास क्षेत्र ः मध्यमाञ्चल
अञ्चल ः नारायणी
उचाइ (समुद्र सतहदेखि) ः १४४ मीटरदेखि १९४७ मी.

हावापानी ः सम—शितोष्ण र उष्ण
वार्षिक अधिकतम तापक्रम ः३७.९०० से.
वार्षिक न्यूनतम तापक्रम ः ७० से.

जलभण्डारः
नदीहरूः
पहिलोस्तरका नदी ः नारायणी,
अन्यस्तरका नदीहरू ःराप्ती, लोथर, कायर खोला, रिग्दी र रिउ आदि ।
ताल तथा कूण्डहरू
सत्रहजार ताल, बीसहजार ताल, सत्ताइसहजार ताल, अठ्ठाइस हजार ताल, मुण्डाताल, देवी ताल, लामीताल, तमौरघैला ताल, कसरा ताल, नन्दभाउजु ताल, अन्जुराताल, मन्जुराताल, गडुवा ताल, अन्जना ताल, परशुराम कुण्ड, बैकुण्ठ आदि ।

ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलहरू
देवघाट, बागेश्वरी, गणेशस्थान, शिवघाट, त्रिवेणी, गोद्धक, पाण्डवनगर, सोमेश्वर कालिका, बिक्रमबाबा, चित्रसारी, जुट्पानी कालिका, उपरदाङगढी, चितवन राष्ट्रिय निकुञ्ज, मनकामना दर्शन प्रा.लि., चेरेस कुरिनटार, पुरानो गढी (चिसापानी गढी), सोमेश्वर गढी, कविलासपुर गढी, कंकाली सामुदायिक बन, सिराईचूली आदि ।
मुख्य बजार केन्द्रहरु
नारायणगढ,टाँडी,पर्सा,खैरहनी,पर्साढाप,मुग्लिन,चनौली,रामपुर,मंगलपुर,जगतपुर,गितानगर,शिवनगर,भण्डारा,कुरिनटार,वसन्तपुर,बरुवा बजार,पटिहानी,पार्वतीपुर,शारदानगर,मेघौली ।


Skip to toolbar