13 Oct, 2024, Sun dccchitwan@gmail.com (+९७७)-०५६-५२०१४७
/ संक्षिप्‍त परिचय

संक्षिप्‍त परिचय

अध्यावधिक मिति २०८१ जेठ २४ गते बिहीबार

संक्षिप्‍त  परिचय

चितवन, नेपालको मध्यमाञ्चल विकास क्षेत्रको दक्षिणी भागमा अवस्थित राजधानीसंग जोड्ने निकटतम् राजमार्ग र पूर्व—पश्चिम राजमार्गको संगमस्थलको रूपमा रहेको तथा नारायणी नदीको पूर्वी भागमा भित्री मधेश र राप्ती उपत्यकाको नामले परिचित जिल्ला हो । तराईको भावर प्रदेशदेखि महाभारत पर्वतसम्म फैलिएको यस जिल्लाको पूर्वमा मकवानपुर र पर्सा, पश्चिममा नवलपरासी र तनहुं, उत्तरमा धादिङ र गोरखा र दक्षिणमा भारतको विहार राज्य पर्दछ । चितवन राष्ट्रिय निकुञ्ज, तालहरू, नदी, गढी जस्ता पर्यटकीयस्थल रहेको यस जिल्ला सामाजिक, आर्थिक, भौतिक एवं पर्यटकीय दृष्टिले एउटा जिल्ला हो । यस जिल्ला सामाजिक, आर्थिक, भौतिक एवं पर्यटकीय दृष्टिले सुन्दर, समुन्नत र आकर्षक जिल्लाको रूपमा स्थापित हुँदै आएको छ । देशको अन्य जिल्लाको तुलनामा सडक, यातायात, सञ्चार, विद्युत, जनस्वास्थ्य, शिक्षा जस्ता क्षेत्रहरुमा चितवन अगाडी नै भएको देखिन्छ । कृषि, पर्यटन तथा उद्योग यस जिल्लाका प्रमुख संभावनाका क्षेत्र हुन् ।

चितवन जिल्ला खुल्ला दिसामुक्त र साक्षर जिल्ला घोषणा भैसकेको छ । यस जिल्लाको अधिकांश भूभाग मैदानी भए तापनि केही अति विकट र पहाडी क्षेत्र पनि पर्दछन् । अन्य जिल्लाबाट बसाईसराई गरी आएका अधिकांश जनताहरू भएतापनि विकासको क्रममा पिछडिन पुगेका आदिवासी चेपाड्ड, थारु, माझी, दराई, कुमाल जातिहरू पनि प्रशस्तै रहेका छन् ।

थप सूचनाहरु

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८१ जेठ २५ गते शुक्रबार